दोहोरो अंकमा बढ्यो नेप्से, असोज ४ यताकै उच्च कारोबार

काठमाडौं । निरन्तर ओलालो झरिरहेको नेप्से दुई दिन यता भने सामान्य रुपमा भएपनि बृद्धि भएको छ । आज बिहिबार पनि नेप्सेको वृद्धिले निरन्तरता पाएको छ ।
बुधबार जम्मा ३ अंकले बढेको बजार बिहीबार भने ११.७३ अंकले बढेको छ । अघिल्लो दिन १ अर्ब १४ करोडको कारोबार भएकोमा बिहीबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ ।
नेपाल पुनर्बीमा कम्पनी र ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको उच्च कारोबारले समग्र कारोबार रकम बढ्न गएको हो । बिहीबारको कारोबार असोज ४ गते यताकै उच्च हो ।
कुल १७५ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ८ को स्थिर रह्यो । केही दिनअघिसम्म जीवन बीमा समूहमा देखिएको लगानीकर्ताको आकर्षण बिहीबार भने निर्जीवन बीमामा सरेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.१ प्रतिशत बढ्यो । जलविद्युत् समूह १ प्रतिशत बढ्यो ।
बैंकिङ ६.९, विकास बैंक २०, फाइनान्स ११, होटल तथा पर्यटन ३२, जलविद्युत् २०, जीवन बीमा ८, उत्पादन ३१, माइक्रोफाइनान्स २, निर्जीवन बीमा २०९ र अन्य समूह १ अंक बढे । व्यापार समूह भने १३ अंक घटेको छ ।
















नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया