पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गाउने प्रतिबद्धता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पीडितलाई केन्द्रमा राखेर मात्रै सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले भनिन्, “हामी सधैैँभरी पीडितलाई केन्द्रमा राखेर हाम्रो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्छ भन्ने पक्षमा छौँ ।” उनले जहिले पनि द्वन्द्व र सङ्क्रमणकालीन न्यायको विषयमा पीडितलाई केन्द्रमै राखेर जाने भन्ने अभ्यास गरिरहेको बताउँदै यस विषयमा सरकार सकारात्मक रहेको धारणा व्यक्त गरे ।
सांस्कृतिक पूर्वाधारको संरक्षण गर्र्दै विकासका कामलाई अगाडि बढाउने सरकारको नीति रहेको प्रष्ट पार्दै मन्त्री शर्माले भने, “नीतिगत रूपमा हामीलाई विकास पनि चाहिन्छ, तर सांस्कृतिक पूर्वाधारको संरक्षण पनि गर्नुपर्छ, यो कुरा हाम्रो नीतिगत कुरा नै हो ।”
सरकारले एनसेलको सेयर खरिद बिक्रीको निर्णयको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति पनि गठन गरेको छ । सेयर खरिदबिक्रीको निर्णयको सम्बन्धमा प्रचलित कानुनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयमा अध्ययन तथा छानबिन गरी ३० दिन भित्रमा प्रतिवेदन पेश गर्नेगरी समिति गठन गरिएको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया