एलपिएल : घोडाघोडी सेमिफाइनलमा

कैलाली । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग ९एलपिएल० प्रतियोगितामा घोडाघोडी क्रिकेट एकेडेमी समूह ‘सी’बाट सेमिफाइनल पुगेको छ । यसअघि समूह ‘बी’ बाट युथ अफ टीकापुर सेमिफाइनल पुगिसकेको छ ।
आज भएको खेलमा गरुडा नगरपालिकालाई छ विकेटले पराजित गर्दै घोडाघोडी सेमिफाइनलमा पुगेको हो । घोडाघोडी अहिलेसम्म अपराजित रहेको छ । गरुडासहित आयोजक लिटल फ्लावर स्कुल र सुदूर पश्चिमाञ्चल एकेडेमी पहिलो चरणबाटै बाहिर भएका छन् ।
खेलमा गरुडा नगरपालिकाले दिएको एक सय २९ रनको लक्ष्य घोडाघोडीले १७ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पूरा गर् यो । घोडाघोडीका ओपनर विपिनविक्रम शाही र टेक रावतले ९३ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तयार गरे । विपिनले ३९ बलमा छ चौका र तीन छक्का मद्दतले ५५ रन बनाए भने टेकले २९ बलमा तीन चौका र दुई छक्का मद्दतले २५ रन बनाए । कृष कार्कीले अविजित १५ तथा निशान्त बुढायरले अविजित १० रन बनाए ।
गरुडाका बलर डब्लु मलिकले तीन तथा नितेश यादवले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको गरुडा नगरपालिकाले २० ओभरमा सबै विकेट गुमाएर एक सय २८ रन बनायो । गरुडाका लागि डब्लु आनन्द मलिकले सर्वाधिक ३५ रन बनाए । सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा सैलेन्द्र कुशवाहाले १७ रन बनाए ।
‘प्लेयर अफ दी म्याच’ घोषित घोडाघोडीका बलर भूपेश जोशीले पाँच विकेट लिए । उनले चार ओभरमा मात्र १३ रन खर्चिए । सञ्जय बोहरा, अशोक धामी र नरेश सुनारले एक-एक विकेट लिए ।
सत्यवती एकेडेमी र लिटल एन्जल्स स्कुल बीचको आजको दोस्रो खेल भने लिटल एन्जल्स टोली अनुपस्थित हुँदा खेल हुन सकेन । समूह ‘डी’ मा रहेको सत्यवतीले खेल नखेलेता पनि दुई अङ्क पाएको छ । सत्यवतीको दुई खेलमा चार अङ्क भएको छ ।
प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टोलीको सहभागिता रहेको छ ।
















ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया