देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
मेरोन्यूज
२०८० मंसिर २५ गते १४:४२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर २९ गते (शुक्रबार) का लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
बैठक शुक्रबार दिउँसो सवा १२ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको हो ।
बैठकमा महासमिति बैठक तयारी सम्बन्धमा, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक सम्बन्धबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक सार्ने देउवाको तयारी रहेको बुझिएको छ । त्यसबारे यही बैठकले निर्णय लिने बताइएको छ।
सम्बन्धित
















आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया