सरकारले राम्रो काम गर्न थालेपछि विक्षिप्त भएकाहरु षडयन्त्रमा लागेका छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामबाट विक्षिप्त बनेकाहरु भ्रम र जालझेलको षडयन्त्रमा लागेको टिप्पणी गरेका छन्। सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तराष्ट्रिय कुटनीतिका क्षेत्रमा राम्रा कामहरु अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरु अत्तालिएको उनको भनाई थियो ।
काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार बनेको बेला देखि नै सरकारविरुद्ध लागेकाहरु अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताए।
“एकथरि व्यक्तिहरुले सरकार गठन भएदेखि नै नेपाल श्रीलंका बन्ने भयो, उत्पातै हुनेभयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे ।’ उनले भने,‘ ‘तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरु विक्षिप्त बनेर अनर्गल प्रचारबाजी र सरकारलाई बदनाम गर्ने षडयन्त्रमा लागेका छन् । यतिले मात्रै नपुगेर संघीयता, धर्मनिरपेक्षता, जाति, वर्ग क्षेत्र लिंगका अधिकारविरुद्ध लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्न पुगेका छन् । संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेका छन् ।”
सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्वपूर्ण निर्णय गरेको उनले बताए। सरकारले युगौंदेखिका सामन्ती उत्पीडनहरुको अन्त्य गर्न मीटरब्याज पीडितहरुका पक्षमा कानुन नै दिएर सामन्ती दलालहरुको पीडाबाट हजारौं जनतालाई मुक्ति दिन सफल बनेको उनको जिकिर थियो ।
प्रधानमन्त्री प्रचण्डले सुशासनका पक्षमा सरकारले ठूलाठूला भ्रष्टाचारका काण्डहरुको छानबिन अघि बढाएको, भूमाफिया र तस्करीविरुद्ध नयाँ अभियान चलाएको, अन्तर्राष्ट्रिय क्षेत्रमा सफल कुटनीतिक अभ्यास गरेको र त्यसमा पनि खासगरी जलवायु न्यायका क्षेत्रमा निर्णायक पहल गरेको बताउँदै यी कामहरुबाट व्यवस्थाविरोधी शक्तिहरु छटपटिएको बताए ।
अर्थतन्त्रमा देखिएको संकटलाई ठूलो देखाएर नेपालमा के के न हुने हो भन्दै जनतालाई आतंकित बनाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सबै क्षेत्रसँग निरन्तर छलफल र संवादको प्रयासमार्फत अर्थतन्त्रमा देखिएको बाह्य र आन्तरिक दबाब कम गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने वातावरण बनाएपछि अराजक तत्वहरु झनै अत्तालिएको बताए।
“अर्थतन्त्रमा देखिएका समस्या, लघुवित्तसँग सम्बन्धित र पीडितका समस्या, बैंक ब्याजदर, अन्य वित्तिय क्षेत्रका समस्याहरु हल गर्न नीजि क्षेत्रलाई समेत विश्वासमा लिएर निरन्तर गरेको पहलका कारण अहिले कतिपय आर्थक सूचकहरु सकारात्मक देखिएको र अर्थतन्त्र चलायमान हुने दिशामा अघि बढेको छ । राष्ट्र बैंकको पछिल्लो समिक्षा यसकै प्रतिफल हो ।” उनले भने, “यद्यपी तथ्यांकहरु सकारात्मक भएपनि अर्थतन्त्र अझै चलायमान हुन सकेको छैन । अझै पनि आर्थिक क्षेत्रमा लयमा जान सकेको छैन । सरकारले अर्थतन्त्रमा देखिएको दबाब अन्त्य गर्न निरन्तर प्रयास गरिरहेको छ । तर व्यवस्थाविरोधी शक्तिहरुले फैलाएको निराशाजनक भ्रम भने चिरिएको छ।”
प्रधानमन्त्री प्रचण्डले इतिहासमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउँदै नेपाली समाजमा देखिएका समस्याहरु लोकतान्त्रिक गणतन्त्रबाटै हल हुने ठोकुवा समेत गरे । “कतिपय विक्षिप्त शक्तिहरु व्यवस्थाविरुद्ध भ्रम छर्न, बदनाम गर्न लागिपरेका छन् । कुनै बेला इतिहासमा मिल्काइएका राजा महाराजाहरु ल्याउने कुरा गरिरहेका छन् ।”उनले भने, “तर लोकतान्त्रिक गणतन्त्रको विकल्प हिजोको सामन्ती निरंकुशतन्त्र कदापी हुन सक्दैन । पछिल्लो समयमा अराजकता मच्चाउन खोजेपनि वितण्डा मच्चाउन खोज्नेहरु असफल बनेका छन् ।”
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया