शुक्रबार, वैशाख २५, २०८३

एनसेलविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ

मेरोन्यूज २०८० मंसिर २६ गते ७:०४

काठमाडाैँ । दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । 

Advertisement
NiccNicc

सांसद सिंहले रिट निवेदनमा एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब  हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् ।

गएको शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन  पेसी तोकिए पनि  ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । दुवै दिन हेर्न नभ्याइनेमा परेपछि सांसद सिंहको रिटको पेसी आजलाई सरेको हो । 

प्रतिक्रिया