लुम्बिनी प्रदेशका प्रमुख अमिकका दाजुभाइ द्वारा विद्यालयलाई दश रोपनी जग्गा दान

म्याग्दी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाइले मङ्गलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गरेका छन् ।
शेरचनका दश जना दाजुभाइले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गरेका हुन् ।
नेपाल सरकारको मापदण्डअनुसार रु ४४ लाख ७७ हजार मूल्य कायम भएको जग्गा निःशुल्क उपलब्ध गराउनुभएका शेरचन परिवारले थप रु तीन लाख ३५ हजार सात सय ७७ राजस्व र रु पाँच हजार लेखापढी व्यवसायीको शुल्क पनि आफैँले बेहोरेको ओखरबोट माविका प्रअ नवीन कार्कीले जानकारी दिए ।
“मालपोत कार्यालय म्याग्दीबाट औपचारिकरुपमा विद्यालयको नाममा जग्गा प्राप्त भएको छ”, उनले भने, “बुधबार विद्यालयमा शेरचन परिवारलाई गाउँलेको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम छ ।”
हाल विद्यालय रहेको ठाउँ पहिरोको जोखिममा परेपछि स्थानान्तरणका लागि शेरचन परिवारले जग्गा दान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुनले बताए । विद्यालयका संस्थापक स्व उमादेवी शेरचनका श्रीमान् बडीबहादुर शेरचनका छोरा, छोरी तथा बुहारीहरुले सो जग्गा दान गरेका हुन् ।
जग्गा दान गर्नेमा धनबहादुर÷उषा शेरचन, स्व ताराकुमार शेरचनकी श्रीमती जयाकुमारी शेरचन, अमिक शेरचन÷शान्ति शेरचन, चित्रलाल शेरचन÷तेजकुमारी शेरचन, खगेन्द्र शेरचन÷मीना शेरचन, प्रान्ति शेरचन÷विश्वप्रभा शेरचन, काजु शेरचन÷धनकुमारी शेरचन, दीपेन्द्र शेरचन÷फूलमाया(घर्ती) शेरचन, नवरत्न शेरचन÷मीना शेरचन, गुप्तमा (दशरथ) शेरचन÷नन्दकुमारी शेरचन र छोरी दर्पण (शेरचन) गौचन रहेका छन् ।
विसं २००८ मा स्थापना भएको यस विद्यालयमा दुई सय ११ विद्यार्थी छन् । विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । जग्गादाता शेरचन परिवारको पुख्र्यौली थलो ओखरबोट हो । उनीहरु हाल देशका विभिन्न ठाउँमा पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील छन् ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया