सुदुरपश्चिम सरकारद्वारा इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई राहत हस्तान्तरण
मेरोन्यूज
२०८० मंसिर २७ गते ७:३८

काठमाडौं । सुदुरपश्चिम सरकारले इजरायलमा हमासको आक्रमणमा मारिएका विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ।
प्रदेश सरकारले बुधबार टीकापुरमा प्रति विद्यार्थी दुई लाखका दरले सात विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरेको हो।
सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र नेपालका लागि इजरायलका राजदूतको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले उक्त राहत रकम मृतक विद्यार्थीका आफन्तलाई प्रदान गरेका हुन्।
इजरायलमा हमासको आक्रमणमा मारिएका १० मध्ये ७ विद्यार्थी सुदुरपश्चिमका थिए। सुदूपश्चिम विश्वद्यालयका कृषि क्याम्पस टीकापुरमा अध्ययनरत विद्यार्थीहरु लर्न र अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका थिए।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया