श्रीलङ्काद्वारा नयाँ क्रिकेट छनोटकर्ता नियुक्त

एजेन्सी । श्रीलङ्का क्रिकेट बोर्डले हालै बर्खास्त गरिएका सदस्यहरूको पुनरबहाली गरेको एक दिनपछि बुधबार नयाँ छनोटकर्ताहरूलाई नियुक्त गरेको छ । बोर्डले पूर्वअन्तर्राष्ट्रिय खेलाडी उपुल थरङ्गालाई दुई वर्षका लागि पाँच सदस्यीय छनोट समितिको प्रमुखमा नियुक्त गरेको छ ।
श्रीलङ्का क्रिकेट बोर्डले एक विज्ञप्तिमा भनेको छ, “छनोटकर्ताहरूको पहिलो काम आगामी महिना जिम्बाब्वेविरुद्ध छ खेलको सेतो बलको शृङ्खलाका लागि टिम छनोट गर्नुहुनेछ ।” छनोट समितिका अन्य सदस्यमा पूर्वक्रिकेटर अजन्था मेन्डिस, इन्डिका डि सरम, थरङ्गा परनाविताना र दिलरुवान परेरा रहेका छन् । उनीहरूले पूर्वखेलाडी प्रमोदय विक्रमासिङ्घेको अध्यक्षतामा रहेको प्यानलबाट जिम्मेबारी सम्हाल्ने छन् ।
यस वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा श्रीलङ्काको खराब प्रदर्शनका लागि विक्रमासिङ्घेको प्यानलको खराब छनोटलाई दोष दिइएको थियो । दिवालिया भएको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट लामो समयदेखि भ्रष्टाचारको आरोपमा फसेको छ । यसको परिणाम गत महिना बोर्डको बर्खास्तका रूपमा भएको थियो ।
बोर्ड बर्खास्त गर्ने कदमले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई अधिकारीहरूमाथि राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै श्रीलङ्का क्रिकेटलाई निलम्बन गर्नका लागि प्रेरित गर्यो । मङ्गलबार खेलमन्त्री हरिन फर्नान्डोले निलम्बन समाप्त गर्नका लागि बर्खास्तलाई रद्द गरे । आइसिसीले अलिहेसम्म बोर्डको पुनरबहालीका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया