जनप्रगतिशिल मन्च जापानको अधिबेशन आगामी जनवरी २८ मा हुँदै

टोकियो । नेपाली जनप्रगतिशिल मन्च जापान संगठनको भब्य अधिबेशनको तयारीमा जुटेको छ । ‘प्रवासी नेपालीहरुमा आपसी सद्भाब ,भाइचारा र एकताको अभियान ! ज्ञान सिप र पूँजीको लगानी सहित सम्बृद्द नेपालको लागि नबौ अधिबेशन !!’ भन्ने मुल नाराका साथ नेपाली जनप्रगतिशिल मन्च जापानको अधिबेशन राजधानी टोकियोमा हुँदै छ ।
मन्चको तयारी बैठक बसी जनवरी २८ तारिक (माघ १४ गते) आईतवारका दिन अधिबेशन गर्न लागिएको महासचिब बाबुराम पौडेलले जानकारी दिए ।
जनप्रगतिशिल मन्च जापानले भर्खरै पश्चिम नेपालको जाजरकोटको रामीडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितका लागि आर्थिक सहयोग संकलन गरी नेपाल पठाएको थियो ।
नेपालमा आई पर्ने यस्ता खाले बिपतहरुमा हातेमालो गर्नका लागि पनि प्रबासमा यस्ता सस्थाहरुको खाचो रहेको मन्चका अध्यक्ष भवानी पन्तले बताए ।
मन्चले यसै कार्यकाल भित्र प्रधानमन्त्री पुष्पकल दाहाल प्रचन्डलाई समेत जापान बोलाएर कार्यक्रम गरेको थियो ।
अधिवेशन भब्य रुपमा सम्पन्न गर्न गर्नुपर्ने तयारी अन्तर्गतका क्षेत्रिय अधिबेशन समेत मञ्चले गरिसकेको छ । आगामी जनवरीमा हुने अधिबेसनको प्रचारलाई तिब्रता दिदै तयारी थालेको छ । यो अधिबेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।










गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
Chitwan Rhinos beats Karnali Yaks by four wickets, Bopara hits half-century
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया