जनप्रगतिशिल मन्च जापानको अधिबेशन आगामी जनवरी २८ मा हुँदै

टोकियो । नेपाली जनप्रगतिशिल मन्च जापान संगठनको भब्य अधिबेशनको तयारीमा जुटेको छ । ‘प्रवासी नेपालीहरुमा आपसी सद्भाब ,भाइचारा र एकताको अभियान ! ज्ञान सिप र पूँजीको लगानी सहित सम्बृद्द नेपालको लागि नबौ अधिबेशन !!’ भन्ने मुल नाराका साथ नेपाली जनप्रगतिशिल मन्च जापानको अधिबेशन राजधानी टोकियोमा हुँदै छ ।
मन्चको तयारी बैठक बसी जनवरी २८ तारिक (माघ १४ गते) आईतवारका दिन अधिबेशन गर्न लागिएको महासचिब बाबुराम पौडेलले जानकारी दिए ।
जनप्रगतिशिल मन्च जापानले भर्खरै पश्चिम नेपालको जाजरकोटको रामीडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितका लागि आर्थिक सहयोग संकलन गरी नेपाल पठाएको थियो ।
नेपालमा आई पर्ने यस्ता खाले बिपतहरुमा हातेमालो गर्नका लागि पनि प्रबासमा यस्ता सस्थाहरुको खाचो रहेको मन्चका अध्यक्ष भवानी पन्तले बताए ।
मन्चले यसै कार्यकाल भित्र प्रधानमन्त्री पुष्पकल दाहाल प्रचन्डलाई समेत जापान बोलाएर कार्यक्रम गरेको थियो ।
अधिवेशन भब्य रुपमा सम्पन्न गर्न गर्नुपर्ने तयारी अन्तर्गतका क्षेत्रिय अधिबेशन समेत मञ्चले गरिसकेको छ । आगामी जनवरीमा हुने अधिबेसनको प्रचारलाई तिब्रता दिदै तयारी थालेको छ । यो अधिबेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।















काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया