चीनको अर्काे उच्चस्तरीय टोली आज काठमाडौं आउँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अर्का एक नेता आज काठमाडौं आउँदैछन् । तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ प्रतिनिधिमण्डलसहित नेपाल आएर फर्केको करिव महिना दिनमै चिनियाँ कम्युनिष्ट पार्टीका अर्का एक नेता आज काठमाडौं आउन लागेका हुन् ।
महिना दिनमै चीनको तर्फबाट नेपाल आउन लागेका उच्चस्तरीय प्रतिनिभिमण्डलको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टी गुआङदोङ प्रान्तीय समितिको स्थायी समितिका सदस्य तथा ग्वाङ्दोङ प्रवासी मित्रताका अध्यक्ष वाङ रुइजुनले गर्न लागेका छन् ।
उनी आज मध्यान्ह्र साँढे १२ जे काठमाडौं आईपुग्ने कार्यतापिलका रहेको बताइएको छ ।
उनी यूएल १८१ नम्बरको विमानबाट काठमाडौं ओर्लिन लागेका हुन् । नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूमा छ वर्षको निराशाजनक प्रगति पछि चिनियाँहरूको नेपाल भ्रम्ण बाक्लो हुन थालेको छ ।
प्रधानमन्त्री प्रचण्डको हालै चीन भ्रमणका क्रममा भएको सहमति सम्झौता कार्यान्वयनको अवस्था लागतयका विषयमा छलफल र नेपाल र चीनका बीचको सहयोगलाई अझ सुदृढ गर्ने तरिकाहरूबारे विचार आदानप्रदान गर्नका लागि उनी काठाडौं आउन लागेको बताइएको छ ।
नेपालमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम बनेको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया