शनिबार, वैशाख २६, २०८३

पार्टी सदस्यको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन जसपाको सर्कुलर

मेरोन्यूज २०८० मंसिर २९ गते १४:२५

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ ।

Advertisement
NiccNicc

केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै जसपाले सबै मातहत समितिलाई यथाशीघ्र सदस्यहरूको अभिलेख पठाउन परिपत्र जारी गरेको सो पार्टीका केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बाँकी रहेका पार्टी समिति र भ्रातृ सङ्गठनलाई पार्टी विधानअनुरुप हुनेगरी गठन, पुनःगठन गर्न भनिएको र पुनःगठनका लागि पुस मसान्तसम्मको समयसीमा निर्धारण गरिएको छ ।

प्रतिक्रिया