मंगलबार, माघ २०, २०८२

टुँडिखेलमा २९ औँ महानगर दिवस (तस्बिरहरु)

मेरोन्यूज २०८० मंसिर २९ गते १५:२५

काठमाडौं । काठमाडौँ महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ । महानगरपालिकाले विभिन्न कार्यक्रम गरी शुक्रबार दिवस मनाइरहेको हो ।

सैनिक मञ्च टुँडिखेलमा आज महानगरपालिकाले गरेको विशेष सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष व्यक्तिको सहभागिता थियो।

सभामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङ्ग, बलिउड अभिनेत्री मनिषा कोइराला, क्यानका सचिव पारस खड्का, डा.सन्दुक रुइतलगायत पनि पुगेका थिए ।

समारोहमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो । महानगरपालिकाले समाजसेवी, कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकारलगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

यस्तै कार्यक्रममा विभिन्न धर्म संस्कृति र जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति दिइएको थियो।

तस्बिरहरु

प्रतिक्रिया