शनिबार, वैशाख २६, २०८३

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतको फैसलाप्रति लोसपाको आपत्ति

मेरोन्यूज २०८० मंसिर २९ गते १६:००

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतको फैसलाप्रति आपत्ति जनाएको छ ।

Advertisement
NiccNicc

शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशका सांसद अभिराम शर्मालाई जन्मकैदको फैसलाप्रति असहमत रहेको बताएका छन् ।

“राजनितिक अधिकार प्राप्तिको संघर्षमा लाखौँ जनता सडकमा उर्लेको सन्र्दभमा कसैको मृत्यु हुनु एउटा दुःखद घटना हो नै तर तथ्य एवं वास्तविकता भन्दा विल्कुलै फरक ढंगले निर्दोष व्यक्तिहरूलाई समेत राजजीतिक पूर्वाग्रहको आधारमा फसाइएकोमा सम्मानित अदालतबाट जन्मकैदसम्मको फैसला आउनुले हामी स्तब्ध तथा मर्माहत भएका छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

लोसपाले विद्यमान कानुन तथा न्यायिक प्रक्रियालाई आधार मानेर न्यायका लागि अगाडि बढ्ने जनाएकाे छ ।

प्रतिक्रिया