डा गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरबाट सुरु गरे अनशन

धनगढी । पटक पटक अनशन बसेर राज्यमाथी आफना माग पूरा गराउन दवाव बढाउँदै आएका प्रा.डा. गोविन्द केसीले फेरि अनशन सुरु गरेका छन् ।
उनले पछिल्लो पटक तीन दिनसम्म अनशन बस्ने घोषणा गदैं शुक्रवार साँझबाट अनशन सुरु गरेका हुन् । यसपटक केसीले अनशनका लागि कैलालीको लक्ष्मीनारायण मन्दिरलाई अनशनस्थलका रुपमा रोजेका छन् । उनले लक्ष्मीनारायण मन्दीरबाट अनशन सुरु गरेका हुन् ।
सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा। केसीले तीनदिन अनशनमा बस्ने घोषणा गरेर अनशन सुरु गरेका हुन् ।
यसअघि अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए ।
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने मागसमेत रहेका केसीले गेटामा नै अनशन बस्ने तयारी गरेका थिए ।
तर आफूहरुको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने भन्दै संघर्ष समितिका सदस्यहरुले विरोध जनाएपछि उनी लक्ष्मी नारायण मन्दिरमा पुगेका हुन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया