चिनियाँ उपमन्त्रीसँग लुम्बिनीको विकासबारे छलफल

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकासका बौद्ध धर्मको प्रचारप्रसारका लागि चीन सरकारसँग सहकार्यका लागि आग्रह गरेका छन् ।
उपाध्यक्ष लामाले लुम्बिनी भ्रमणमा आएको चिनियाँ उपमन्त्री वाङ रुइजुनसँग शुक्रबार लुम्बिनीमा गरेको भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य, बुद्ध शिक्षाको प्रवद्र्धनसँगै लुम्बिनीको पर्यटन प्रवद्र्धनबारे छलफल गरेको बताए ।
उपाध्यक्ष लामाले धार्मिक र सांस्कृतिक आदानप्रदानसँगै लुम्बिनीमा चिनियाँ पर्यटक भित्र्याउन चिनियाँ उपमन्त्री वाङसँग आग्रह गरे । उनले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ पर्यटक भित्र्याउन चीनको गोञ्जाउ विमानस्थलबाट सिधा उडान सञ्चालनका लागि आग्रह गरेको जानकारी दिए ।
त्यस अवसरमा चिनियाँ उपमन्त्री वाङले चिनियाँलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने वातावरण बनाउने र गौतबुद्ध विमानस्थलमा उडानका सन्दर्भमा पनि सम्बन्धित निकायसँग छलफल गर्ने आश्वासन दिएका थिए । उपाध्यक्ष लामाका अनुसार उनले लुम्बिनीको विकास, संरक्षण र धार्मिक सांस्कृतिक सहकार्यका लागि आफूहरु सकरात्मक रहेको बताएका थिए ।
भेटमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई, नेपाल–चीनमैत्री समाज, लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाको उपस्थिति थियो ।
















अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया