बुधबार, वैशाख २३, २०८३

यस्तो छ आज दिनभरको मौसम

मेरोन्यूज २०८० पुष २ गते ७:१८

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

Advertisement
NiccNicc

जसका प्रभावले आज (सोमबार) बिहानसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। भने तराईका थोरै स्थानमा हुस्सुरकुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ।

मौसम विभाग महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै सोमबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया