मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा जग्गा अधिग्रहण

काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ । उनानसत्तरी मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाको बाँधले त्यस क्षेत्रका बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दिन सुरु गरिएको हो ।
केन्द्रले नौ रोपनी दस आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरी मुआव्जा बितरण गर्न थालेको केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए ।
मानवीय क्षति हुने उच्च जोखिम देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएकामा अहिले उनीहरुको माग पूरा भएको छ । उक्त स्थानका तेह्र जनाको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएअनुसार रु २१ करोड ७८ लाख ८५ हजार नौ सय ६७ प्रदान गरिनेछ ।
जग्गाका लागि रु सत्र करोड ८७ लाख ८६ हजार छ सय ५२ र घरटहराका लागि रु तीन करोड ९० लाख ९९ हजार तीन सय १५ वितरण गरिने केन्द्रले जनाएको छ ।
गत साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार यसअघि ८० प्रतिशत भन्दाबढी मुआब्जा वितरण गरिसकिएको जनाइएको छ ।
प्रतिरोपनी रु एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्लाा प्रशासन कार्यालयले जनाएको छ ।
















Over 10,000 foreign tourists visit Mustang in January
निर्वाचनमा तालमेलबारे एमाले उपाध्यक्ष गुरुङ – कतिपय स्थानमा हुन सक्छ
ट्रम्पले गरे हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
नेप्से दोहोरो अंकले घट्दा साढे ८ अर्बकाे काराेबार
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया