वनमा आधारित उद्यम सञ्चालनमा जोड

गण्डकी । वनमा आधारित उद्यम सञ्चालन गरेर समृद्धिको अभियानमा जोडिनुपर्नेमा यहाँ आयोजित सरोकारवालाहरूले जोड दिएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, ग्रिन फाउण्डेशन र टि।एफ परियोजनाद्धारा संयुक्तरुपमा पोखरामा आयोजित सामुदायिक वनमा स्थानीय समुदायको अधिकार सुनिश्चितता सम्वन्धी छलफललमा सहभागीे वक्ताहरुले वनलाई समृद्धिको आधार बनाइनुपर्नेमा जोड दिएका हुन् ।
बागमती प्रदेश सभासदस्य एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्वकेन्द्रीय अध्यक्ष भारती पाठकले वन संरक्षण, प्रवद्र्धन र विकासमा अहम भूमिका निर्वाह गर्दै आएका उपभोक्ताको हक र अधिकार सुनिश्चित गरी समृद्धिको अभियानमा जुटनुपर्ने आवश्यकता औल्याए ।
वनमा काठ र जडिवुटी कुहिएर खेर जाने तर विदेशबाट बार्षिक खरबौको काठ आयात गर्ने परिपाटी अन्त्य हुनुपर्ने मा जोड दिँदैँ उनले सर्वसुलभ वन पैदावार उपयोग नीतिको खाँचो औल्याए ।
प्राकृतिक स्रोतमा स्थानीय वासिन्दा, आदिवासी जनजाति, विपन्न र सिमाङकृत वर्गको पहुच पु¥याउँदै जिविकोपार्जनको आधार बनाइनुपर्नेमा सवैको ध्यान पुग्नुपर्नेमा प्रदेशसभा सदस्य पाठको जोड थियो ।
गण्डकी प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालय महाशाखा प्रमुख धनेन्द्र खनाल क्षेत्रीले प्रदेश वन ऐन आईसकेकाले प्राकृतिक स्रोतको भरपुर उपयोग गर्ने खालको विनियम निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्वामित्वसहितको अधिकार (टि।एफ) परियोजनाका क्षेत्रीय सांयोजक क्याथ ट्रेनरले परियोजनाले स्थानीय वन ऐन निर्माणमा गहयोग गर्दै आएको र अब उक्त ऐनको प्रभावकारी कार्यान्वयमा जोड दिए । परियोजनाले वन प्राविधिक नियुक्त गेरर मुलुकका १२७ पालिकामा स्थानीय वन ऐन निर्माणमा सहयोग गरेको छ ।
आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड)का अध्यक्ष डा। पासाङ शेर्पाले नीति निर्माण तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिंदै प्राकृतिक श्रोत उपयोगमा प्रविधियुक्त जनशक्तिको खाँचो औल्याए ।
ग्रीन फाउण्डेशनका अध्यक्ष धनश्याम पाण्डेले वन पैदावारमा आधारित उद्यम स्थापना र सञ्चालन गर्नुको विकल्प नभएको अवस्थामा यस संस्थाले पनि स्थानीय उपभोक्ताको आयआर्जन गर्ने खालका उद्यम सञ्चालनमा सहयोग गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदी, टीएफ परियोजनाका गङ्गाराम दाहाल, सिप्रेडका कार्यक्रम संयोजक मुकेश गुप्ता, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य हरि बास्तोलालागयतले प्राकृतिक स्रोतको उपयोगमा जोड दिएका थिए ।
















निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
जुम्लाका ५२ मतदानस्थलअति संवेदनशील
WB approves $95 million to expand access to finance for over 100,000 SMEs
Ukrainian President: De-Escalation with Russia Boosts Confidence in Negotiations
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया