प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
मेरोन्यूज
२०८२ माघ २० गते १३:२७

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका सीईओ अशोक शेरचनले राजीनामा दिएसँगै रिक्त पदमा बैंकले शर्मालाई नियुक्त गरेको हो ।
अनुभवी र कुशल बैंकरको पहिचान बनाएका शर्माले बैंकिङ क्षेत्रमा बैंकिङ क्षेत्रमा ३ दशकको अनुभव सँगालेका छन् । यसअघि उनी माछापुच्छ्रे बैंकमा २१ महिना र त्यसपछि छोटो समयको लागि सनराइज बैंकको सीईओ बनेका थिए । यसबाहेक उनीसँग ग्लोबल आईएमई बैंक, एनएमबि बैंक लगायतमा काम गरेको अनुभव छ ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरेका छन् भने नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए स्नात्तकोत्तर गरेका छन् ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया