आइतबार, वैशाख २७, २०८३

विप्लवविरुद्ध पक्राउ पुर्जी जारीप्रति समाजवादी मोर्चाको आपत्ति

मेरोन्यूज २०८० पुष २ गते १३:५४

काठमाडौं । समाजवादी मोर्चा, नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ ।

Advertisement
NiccNicc

सोमबार एक विज्ञेप्ति जारी गर्दै मोर्चाका संयोजक माधव नेपालले अदालतको आदेशप्रति गम्भिर ध्यानाअर्कषण भएको बताएका छन् ।

उनले देशको वर्तमान राजनितिक परिस्थितिमा यस प्रकारको कुनैपनि द्धन्द हुने अवस्था आउन नदिन नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौता कार्यान्वन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेका छन्।

‘केहिदिन अघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी विरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा, नेपालको गम्भिर रुपमा ध्यानाअर्कषित भएको छ ।’ विज्ञेप्तिमा भनिएकाे छ ‘मुलुकको वर्तमान राजनितिक परिस्थितिमा यस प्रकारको कुनैपनि द्धन्द हुने अवस्था आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्णरुपमा कार्यान्वन गर्न हामी सरकार र सम्बद्ध पक्षलाई आह्वान गदछौं ।’

प्रतिक्रिया