भन्सार छलेर ल्याइएका १४ सय थान मोबाइल डिस्प्ले बरामद
मेरोन्यूज
२०८० पुष ३ गते १६:२५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट विलविजक तथा प्रज्ञापनपत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरु सशस्त्र प्रहरीले मंगलबार बरामद गरेको छ ।
सोमबार सांझ ५ः३५ बजे नेपालगन्जबाट काठमाडौं पठाइएको १२ वटा कार्टुनमा रहेको १४ सय थान बिभिन्न मोबाइलका डिस्प्लेहरु सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स ब्युरोबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा खटिएको टोलीको बिशेष सुचनाको आधारमा बरामद गरेको हो ।
उक्त सामानहरु जय मां दुर्गा इम्पेक्स काठमाडौको नाममा ६ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा ६ कार्टुन गरी १२ कार्टुन रहेको थियो ।
बरामद सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवनबाट खटिएको सशस्त्र प्रहरी बलको राजश्व प्रहरीले सोहि बिभागमा बुझाएको छ ।
सम्बन्धित
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया