बिहीबार, मंसिर १८, २०८२

यस्तो छ आजको दिनभरको मौसम

मेरोन्यूज २०८० पुष ४ गते ६:४७

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ ।

त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मौसम सफा रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीकै अवस्था रहने मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

प्रतिक्रिया