बिहीबार, मंसिर १८, २०८२

यस्ताे छ आजकाे तपाईंको राशिफल

मेरोन्यूज २०८० पुष ४ गते ८:१०

आज २०८० साल पुष ४ गते बुधवार। मंसिर शुक्ल अष्टमी । पञ्चाङ्ग: व्यतिपात बव उत्तरभाद्र। डिसेम्बर २०तारिख २०२३

यस्तो छ आज तपाईंको राशिफल :-

मेष : धार्मिक कार्यमा समय बित्नेछ । पति पत्नीमा पुनर्मिलनको योग रहेको छ । सरकारी काममा सफलता मिल्नेछ ।

वृष : नयाँ कामको सुरुवात हुनेछ । प्राकृतिक सम्पदाको भ्रमण गर्ने अवसर मिल्नेछ । नयाँ लगानी प्रति आकर्षित बनिएला ।

मिथुन : तत्काल घटित घटनाले केही चिन्तित बनिएला । गरिरहेको काममा व्यवधान आउला । छोटो दूरीको रोमाञ्चक यात्रा बन्नेछ ।

कर्कट : अध्ययनको सिलसिलामा वैदेशिक यात्रा बन्नेछ । जग्गा जमिन सम्बन्धी काम शुभ रहला । प्रेम सम्बन्धमा खटपट आउला ।

सिंह : पौराणिक विषयमा मन रम्नेछ । खानपानमा मुख बार्नुपर्नेछ । पुरानो मित्रसँग भेटघाट हुनेछ ।

कन्या : स्वास्थ्यमा सुधार आउनेछ । आफ्नो नामको कारोबार मध्यम रहला । भविष्यको विषयले हर्षित बनिनेछ ।

तुला : पुरानो व्यवसाय परिवर्तन गरिनेछ । खेलक्षेत्रमा थप रुचि रहला । जमिन सम्बन्धी कारोबार शुभ रहला ।

वृश्चिक : छात्रछात्राका लागि दिन शुभ रहला । प्रेम सम्बन्ध विवाह बन्धनमा बाधिनेछ । स्वाध्ययनमा थप समय आवश्यकता रहला ।

धनु : व्यापारिक लगानी बढाउनु पर्नेछ । मान्य व्यक्तिका साथमा सहकार्य हुनेछ । अरुको नकारात्मक जालमा फसिएला ।

मकर : फलामजन्य कारोबार शुभ रहला । ग्रहको प्रतिकुल प्रभाव रहला । कला क्षेत्रमा उत्कृष्ट स्थान हासिल गरिनेछ ।

कुम्भ : नोकरीमा पदोन्नतिको योग रहला । सेयर कारोबार बढेर जानेछ । माताको स्वास्थ्यमा समस्या आउला ।

मीन : आर्थिक कारोबार बढेर जानेछ । अनावश्यक कुराले चिन्तित बनिएला । राजनीतिक पक्ष भने त्यति राम्रो नरहला ।

प्रतिक्रिया