बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालन

कञ्चनपुर । बेलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ । त्रिनगर भन्सार कार्यालय धनगढीबाट नायब सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा चारजना कर्मचारीलाई कार्यालय सञ्चालनका लागि खटाइएको छ ।
गड्डाचौकी भन्सार कार्यालय मातहतमा हुँदा भन्सार कार्यालय सञ्चालन हुँदै आए पनि २०७५ साल साउन २५ गते त्रिनगर भन्सार कार्यालय मातहतमा राखिए केही महिना सञ्चालन भएको भन्सार कार्यालय बन्द भएको थियो । “भन्सार कार्यालय सञ्चालन गर्नेबारे पत्र आयो,” नगर उपप्रमुख जोगराम चौधरी भने, “केही दिनपछि थाहै नदिई भन्सार कार्यालयमा ताला लाग्यो, त्यसपछि कर्मचारी आएनन् ।”
उनले भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउनका लागि निकै पहल गर्नु परेको बताए । “छोटी भन्सार कार्यालयका कर्मचारी बस्ने आवासमा विद्युत्को लाइन काटिएको थियो, त्यो तत्कालै सुचारु गर्न लगाएका छौँ,” उनले भने, “खटिएर आएका कर्मचारी कार्यालय व्यवस्थापनको कार्यमा लाग्नुभएको छ, कुनै पनि कुराको अप्ठेरो परे नगरपालिकामा सम्पर्क गर्न भनेका छौँ, कर्मचारीलाई टिकाउन आवश्यक सहयोग गर्छौं ।”
भारततर्फका व्यापारीहरुले पुनः भन्सार कार्यालय सञ्चालनमा आएपछि खुशी व्यक्त गर्दै भारततर्फ पनि भन्सार कार्यालयको व्यवस्थाका लागि पहल गर्ने अश्वासन दिएका छन् । भारततर्फबाट खाद्यान्न, लत्ताकपडालगायत सामान भन्सार भएर आउने गरेका छन् ।
भारतबाट आउने खाद्यान्न गुणस्तरयुक्त छ, छैन भन्नेबारे परीक्षण गर्नका लागि खाद्य ‘क्वारेन्टिइन’ कार्यालयको व्यवस्थाका लागि पनि पहल हुनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ । भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि राजस्व चुहावटको कार्य रोकिने बताइएको छ । भन्सार कार्यालयमा खटिएर आएका नायब सुब्बा खत्रीले अबदेखि नियमित रुपमा भन्सारको कार्य सञ्चालन हुने बताए ।
विगत जस्तै राजस्व सङ्कलनको कार्य नियमित रुपमा हुने उनको भनाइ रहेको छ । भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय यसअघि नै राखिएको छ ।
















Over 10,000 foreign tourists visit Mustang in January
निर्वाचनमा तालमेलबारे एमाले उपाध्यक्ष गुरुङ – कतिपय स्थानमा हुन सक्छ
ट्रम्पले गरे हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
नेप्से दोहोरो अंकले घट्दा साढे ८ अर्बकाे काराेबार
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया