कन्याका लागी आजकाे दिन विशेष,अन्य राशिकाे कस्ताेछ दिन?

आज २०८० साल पुष ५ गते बिहिवार। मंसिर शुक्ल नवमी । पञ्चाङ्ग: वरियान कौलव रेवती। डिसेम्बर २१ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । भगवानको आशीर्वादले भने काम बन्नसक्छ ।
वृष : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।
मिथुन : आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।
कर्कट : आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।
सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दैनिकी काममा चुनौतीको सामना गर्नुपर्ला ।
कन्या : आज नयाँ र शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
तुला : रोकिएका काम पुनः सुरु हुन सक्छन् l सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।
वृश्चिक : आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
धनु : आज आँटेको कार्यमा बाधा आउन सक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन, तर धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
मकर : दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
कुम्भ : छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
मीन : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनसक्छ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । शुभ कार्यको चर्चा पनि चल्नेछ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया