अग्रिम बुकिङमा प्रभासको ‘सालार’ले शाहरुखकाे ‘डंकी’लाई पछाडि छाड्याे

मुम्बइ । शाहरुख खानको फिल्म ‘डंकी’ आजबाट हलमा रिलिज भएको छ ।
भोलि अर्थात २२ डिसेम्बरमा सुपरस्टार प्रभासको फिल्म ‘सालार’ पनि हलमा रिलिज हुँदैछ ।
यो फिल्मको ठूलो अग्रिम बुकिङ छ, सालारले प्रि–टिकट बिक्रीमा शाहरुख खानको ‘डंकी’लाई पनि पछाडि छोडेको छ।
यस फिल्मबाट प्रभासले धेरै अपेक्षा राखेका छन् भने ट्रेलर हेरेपछि फ्यानहरु पनि उत्सुक छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म ‘सालार’ को १४ लाख ४६ हजार ७४ टिकट बिक्री भइसकेको छ । योसँगै प्रभास स्टारर फिल्मले अग्रिम बुकिङमा ३०.२८ करोड भारु कलेक्सन गरिसकेको छ । यस्तो अवस्थामा यो फिल्मले पहिलो दिन बक्स अफिसमा ५० करोडभन्दा बढी कलेक्सन गर्ने अनुमान गरिएको छ ।
‘सालार’ले अग्रिम बुकिङमा शाहरुख खानको ‘डंकी’लाई निकै पछि पारेको छ । पहिलो दिन अग्रिम बुकिङमा ‘डंकी’को कलेक्सन १३ करोडभन्दा बढी थियो ।
‘सालार’मा प्रभासका अलावा श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबुको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
















होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया