प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफद्वारा सुदूरपश्चिम पराजित

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो ।
काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सुदूरपश्चिम टोलीका कप्तान ऋतु कनौजियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ८७ रन बनायो । अठासी रनको विजय लक्ष्य एपीएफले १७औँ ओभरको पहिलो बलमा मात्र एक विकेट गुमाएर भेट्टायो ।
एपीएफका लागि ज्योति पाण्डेले अविजित ४९ तथा इन्दू बर्माले अविजित ३१ रन बनाइन् । पाण्डेले ४८ बल खेल्ने क्रममा नौ चौका हिर्काइन् । यस्तै बर्माले ४४ बलको सामना गर्दै चार चौका प्रहार गरिन् । बलिङतर्फ सुदूरपश्चिमकी इश्वरी विष्टले एक विकेट लिइन् ।
यसअघि ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिमका लागि कविता जोशीले २२ र सम्झना खड्काले १२ रन बनाइन् । यो बाहेक अन्य कुनै पनि खेलाडीले दोहरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ एपीएफका लागि सोनु खड्काले दुई तथा सुमन विष्ट, करुणा भण्डारी र इन्दू बर्माले एक एक विकेट लिइन् ।
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया