कोरियन भाषा परीक्षामा आवेदन दिने अहिलेसम्मकै बढी

काठमाडौं । कोरियन भाषा परीक्षा (इपीएस) को लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ।
वैदेशिक रोजगार विभागकाे इपिएस शाखाका अनुसार शुक्रबारसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेका हुन् ।
यही पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो । शुक्रबार राति १२ बजेसम्म आवेदन दिने अन्तिम समय रहेको छ ।
तोकिएको अवधिभित्रमा आवेदन दिनेको संख्या दुई लाखसम्म पुग्ने इपिएस शाखाको अनुमान छ ।
गएको साउनमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि इपिएस परीक्षामा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परिक्षामा सहभागि नगर्ने गरी आवेदन खुलाइएको थियो।
तर अनुत्तीर्ण भएका १८ जनाले यस निर्णयमा असहमती जनाउँदै उच्च अदालत पुगेका थिए। अदालतले जहाज निर्माणसम्बन्धि परिक्षामा अनुत्तीर्ण भएकाहरूलाई पनि यसपटकको भाषा परीक्षामा सामेल गराउन आदेश दिएको थियो ।
दक्षिण कोरिया सरकारले सन् २०२४ का लागि उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि नेपालबाट १५ हजार ८ सय ४८ जनाका लागि आवेदन खुलाएको हो।










एमालेमा मन र मत मिलाउने प्रयास
मादी नदीमा महिलाको शव फेला
कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
भागेका ७० प्रतिशत कैदी कारागार फिर्ता भइसके : गृहमन्त्री अर्याल
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया