पर्सामा धान उत्पादन घट्यो

वीरगञ्ज (पर्सा) । पर्सा जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । ढिलो गरी धानबाली लगाउनु, औसतभन्दा कम वर्षा हुनु, धानबालीमा गवाँरो कीराको सङ्क्रमण हुनुलगायत कारणले गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
पर्सामा कूल धान रोपाइँ हुने खेतीयोग्य जग्गामध्ये आव २०७९र८० मा ९५ प्रतिशतअर्थात् ४५ हजार चार सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको केन्द्रका प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिहेक्टर चार दशमलव एक मेट्रिक टनका दरले एक लाख ८६ हजार दुई सय ६३ मेट्रिक टन धान उत्पादन भएको छ ।
आव २०७८/७९ मा ४५ हजार चार सय ६० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर चार दशमलव चार मेट्रिक टनका दरले दुई लाख २४ मेट्रिक टन धान उत्पादन भएको थियो । पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको कुशवाहाले बताए । उनका अनुसार जिल्लामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएका छन् ।
धान रोपाइँ समयमा नहुनु, वर्षा नहुनु, सिँचाइ तथा मल अभाव, रोगको सङ्क्रमणलगायत कारणले उत्पादन घटेको प्रमुख कुशवाहाको भनाइ थियो ।
















सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया