बिहीबार, मंसिर १८, २०८२

कस्ताे छ आज तपाईंकाे दिन ? हेर्नुहाेस् राशिफल

मेरोन्यूज २०८० पुष ७ गते ७:२०

आज २०८० साल पुष ७ गते शनिबार। मंसिर शुक्ल एकादशी । पञ्चाङ्ग : शिव विष्टिरभद्रा भरणी। डिसेम्बर २३ तारिख २०२३

हेर्नुहाेस् आज तपाईंको राशिफल :-

मेष : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथीभाइको सहयोग मिल्नेछ । भूमिबाट लाभ होला ।

वृष : प्रेममा अविश्वास बढ्ला । आफन्तसँग पनि मनमुटाव हुन सक्छ । सवारी साधन चलाउँदा ख्याल गर्नुहोला ।

मिथुन : परिश्रमअनुसार उपलब्धि पाइने समय छ । महत्त्वपूर्ण कामको सुरुवात हुनेछ । सामाजिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

कर्कट : साथिभाईसँग भेटघाटको अवसर जुर्नेछ । आजको यात्रा लाभदायक र सफल रहला । परिवारसँगको सम्बन्ध पनि सुमधुर रहनेछ ।

सिंह : आज विभिन्न अवसर जुर्ने समय छ । धर्मकर्म तथा समाजसेवामा मन जानेछ । शुभकार्यको चर्चा चल्नेछ।

कन्या : मनमा निराशा छाउँनेछ । स्वास्थ्यमा समस्या आउला। यात्रा गर्दा ख्याल गर्नुहोला, मालसामान हराउन सक्छ ।

तुला : रोकिएका काम पुनः सुरु हुन सक्छन्। साथिबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबारमा पनि सफलता पाइएला ।

वृश्चिक : लगानीबाट राम्रै प्रतिफल हात पर्ला । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

धनु : धैर्य एवं लगनशीलताले महत्वपूर्ण अवसर जुराउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेम सम्बन्ध थप गाढा हुनेछ।

मकर : लगनशील नहुँदा ठूलो उपलब्धि हातपार्न नसकिएला। नियमित खर्च बढ्ने समय रहेको छ। केहि आर्थिक नोक्सान हुनसक्छ ।

कुम्भ : घरमा अतिथिको आगमन हुनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। महत्वपूर्ण काम सफल हुनेछ ।

मीन :आँटेको काम सम्पादन हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। नयाँ क्षेत्रमा लगानी गर्ने समय छ ।

प्रतिक्रिया