नेपाल सुपर लिगमा आज अन्तिम दुई खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरू हुने पहिलो खेलमा बुटवल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
बुटवल लुम्बिनी ७ अंकसहित तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा छ भने वीरगञ्ज ८अंकसहित सातौँ स्थानमा छ । दुवै टोली प्रतियोगितामा जित निकाल्दै प्लेअफ प्रवेश गर्ने लक्ष्यमा हुनेछन् ।
आजै अपराह्न ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको भ्याली डर्बी भिडन्त हुँदैछ । काठमाडौं रेजर्स ९ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । ऊ ललितपुरलाई पराजित गर्दै प्लेअफ प्रवेश गर्न चाहन्छ ।
१० अंकसहित तेस्रो स्थानमा रहेको ललितपुर पनि प्लेअफ प्रवेशका लागि जितको दबाबमा छ । तर अर्को खेलको नतिजा अनुकुल भएमा बराबरीको नतिजालेसमेत ललितपुरलाई प्लेअफको बाटो खुल्नेछ । यसअघि पोखरा थण्डर्स र धनगढी एफसीले प्लेअफमा स्थान बनाइसकेका छन् ।
शनिबार दुई टोलीको टुंगो लागेसँगै पर्सिदेखि क्वालिफायर खेल सुरू हुनेछ ।















यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया