मन्त्री श्रेष्ठद्वारा थामी र हायु जातिलाई फाइवर सिरक वितरण

सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीका थामी र हायु जातिलाई न्यानो फाइबर सिरक वितरण गरेका छन् ।
मन्त्री श्रेष्ठले सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ को बस्तिपुरमा बसोबास गर्दै आएका ९३ घर परिवार र मरिण गाउँपालिका वडा नं. ७ को गैरीगाउँमा बसोबास गर्दै आएका ५१ घर परिवार थामी जातिलाई न्यानो ओढ्ने(फाइबर सिरक) वितरण गरेका हुन् ।
त्यस्तै कमलामाई नगरपालिका वडा नं. १ गुँरासे, कोप्चेमा बसोबास गर्दै आएका लोपोन्मुख १२० घर हायु जातिलाई पनि फाइबर सिरक वितरण गरिएको छ । मन्त्री श्रेष्ठले प्रति परिवार २ थानको दरले सम्बन्धित पालिकाका प्रमुख वा प्रतिनिधिको रोहवरमा ७ लाख रुपैयाँ बराबरको न्यानो ओढ्ने (फाइवर सिरक) वितरण गरिएको जानकारी दिए ।
उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले बस्तिपुरमा निर्माणाधीन थामी सङ्ग्राहलयलाई बागमती प्रदेश सरकारले सहयोग गर्ने र हायु जातिको सङ्ग्राहलय निर्माणको लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । साथै, स्कुल, बाटो, बिजुली, खानेपानीलगायतका भौतिक पूर्वाधार निर्माणका लागि बागमती सरकारले सक्दो सहयोग गर्ने वचन पनि दिए ।
मन्त्री श्रेष्ठले आफूले नेतृत्व गरिरहेको मन्त्रालयको बजेटमा अतिसिमान्तकृत लोपोन्मुख थामी र हायु जातिलाई न्यानो ओढ्ने सिरक वितरण गरेर उनीहरूको घरमा न्यानो भित्र्याउन पाएको भन्दै खुशी व्यक्त गरे । उनले बागमती प्रदेशको अन्य जिल्लामा बसोबास गर्दै आएका थामी, हायु जातिको अलवा अन्य बनकरियालगायतका अतिसिमान्तकृत र लोपोन्मुख जातिहरूलाई पनि यही जाडोमा न्यानो ओढ्ने सिरक वितरण गर्ने र उनीहरूको आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, राजनीतिक जीवनस्तर उकास्न बागमती प्रदेश सरकार लागि पर्ने कुरा पनि बताए ।


















Over 10,000 foreign tourists visit Mustang in January
निर्वाचनमा तालमेलबारे एमाले उपाध्यक्ष गुरुङ – कतिपय स्थानमा हुन सक्छ
ट्रम्पले गरे हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
नेप्से दोहोरो अंकले घट्दा साढे ८ अर्बकाे काराेबार
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया