बुधबार, वैशाख ९, २०८३

आजदेखि सुरु भयो स्वचालित पेसी, यो व्यवस्थाले के हुन्छ ?

मेरोन्यूज २०८० पुष ८ गते १२:३२

काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु भएकाे छ ।

Advertisement
NiccNicc

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पाटन उच्च अदालतबाट एक कार्यक्रमबीच त्यसको शुभारम्भ गरेका हुन् । यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । जुन प्रणाली आजदेखि पूर्ण रुपमा परिवर्तन भएकाे छ ।

तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएपछि प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए ।

त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।

स्वचालित पेसी व्यवस्थापन लागु भए सँगै अब कर्मचारीहरूले आफ्नो इच्छा अनुसार तारिख तोक्ने हालको पद्दति हट्ने भएकाे छ ।

स्वचालित रुपमा तारिख दिइन्छ । मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुन्छ । यसअघि तारिख तोक्दा कर्मचारीले तजविजी गर्ने र आफुखुसी समय तोक्ने गुनासो थियो। जुन अब हट्ने भएकाे छ ।

प्रतिक्रिया