सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु,स्थानीयद्वारा सडक अवरुद्ध
मेरोन्यूज
२०८० पुष ९ गते ९:२४

सिन्धुली । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
आज बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ५० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हाे । भने माेटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरन्जिवी दाहालका अनुसार गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि अस्पताल लगिएको छ । मृतकका आफन्तले अहिले उक्त सडकखण्डमा अवरोध गरेको डीएसपी दाहालले जानकारी दिए । अवरोधका कारण सयौं सवारी साधन रोकिएका छन् ।
दुर्घटना केहीबेरअघि मात्रै भएकाले थप मृतक र घाइतेको परिचयसहित थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















कस्ताे रहला आज दिनभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बुधबार यी राशिहरूकाे भाग्य शुभ छ, हेर्नुहोस् राशिफल
अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया