विश्वविद्यालयहरुमा अब राजनीतिक भागबण्डा हुन्न : प्रधानमन्त्री
मेरोन्यूज
२०८० पुष १० गते १७:४६

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वविद्यालयमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका छन् ।
सरकार बनेको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अब इमानदार र दक्ष व्यक्तिलाई विश्वविद्यालमा लैजाने बताए ।
‘विश्वविद्यालय सुधार्न राजनीतिक भागबन्डा हुने छैन । अब विश्वविद्यालयमा इमानदार र मेरिटोक्रेसीलाई ध्यान दिइनेछ । यसको सुरूवात त्रिभुवन विश्वविद्यालयबाटै गरिनेछ’ प्रधानमन्त्री दाहालले भने ।
उनले शिक्षाको गुणस्तर सुधार्न बहुआयामिक कदम चाल्ने बताए । ‘विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउन दिइने छैन’ प्रधानमन्त्रीले भने ।
सम्बन्धित

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया