आइतबार, वैशाख २७, २०८३

डीएसपी ठगबहादुर केसीलाई उन्मुक्ति दिन बयान फेर्नेविरुद्ध मुद्दा दायर

मेरोन्यूज २०८० पुष ११ गते १८:२६

काठमाडौं । नेपाल प्रहरीबाट बर्खास्तीमा परिसकेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख, डीएसपी ठगबहादुर केसीलाई जोगाउने गरी बयान फेर्ने एकजनाविरुद्ध मुद्दा दायर भएको छ।

Advertisement
NiccNicc

भ्रष्टाचार मुद्दा लागेका केसीलाई लागेको अभियोगबाट उन्मुक्ति दिने गरी बकपत्र फेरेको अभियोगमा अख्तियारले रुपन्देहीको बुटवल उपमहानरपालिका–४ लक्ष्मीपुर निवासी खिलेन्द्र सिंह जिसीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।

जीसीले केसीलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेरेको अख्तियारको दाबी छ ।

अख्तियारले यसअघि केसीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सुनुवाइ प्रक्रियाका क्रममा जीसीको बकपत्र भएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख केसीले बरामद भएको सुन आफैंले राखेको र घुससमेत लिएको आरोप लागेको थियो ।

प्रतिक्रिया