सिरहा जिल्ला अदालतमै मिटरब्याजीले पीडितलाई कुटेपछि रातभर धर्ना, बिहान उजुरी दर्ता

जनकपुरधाम । मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमै दुई पीडितलाई कुटेपछि मिटर ब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका छन् ।
मिटरब्याजी निरौलाले रौदी यादव र सुकुमारी साहमाथि कुटपिट गरेको भन्दै विष्णुपुर गाउँपालिका १ का मिटरब्याज पीडित रातभर धर्ना बसेका हुन् ।
निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए । उनीहरूले माग पुरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले पीडित कुट्ने निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ ।
निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ ।
पक्राउ परेका निरौला विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ३२ वटा मिटरब्याज विरुद्ध उजुरी परेको छ । मिटरब्याजकै कसुरमा उनी केही समय पहिले ३५ दिन थुनामा बसेर छुटेका थिए । छुटेपछि पीडितहरुलाई धम्काउने, अभद्र गालीगलौज गर्ने जस्ता क्रियाकलाप गरिरहेको संयोजक पासवानले बताए ।

















कस्ताे रहला आज दिनभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बुधबार यी राशिहरूकाे भाग्य शुभ छ, हेर्नुहोस् राशिफल
अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया