चिसो बढेपछि मुगुमा एक महिना विद्यालय बन्द

मुगु । मुगूम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी माघ १५ गतेसम्मका लागि जाडो बिदा दिने निर्णय गरिएको हो ।
गाउँपालिकाभित्रका उच्च हिमाली बस्ती सेरोग, दोल्फु, ताखा, खारी, कार्तिक, किम्री, चितै, मुगु, पुअ, दाउरा गरी करिब एक दर्जन गाउँका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए ।
जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले माथिल्लो करानमा पठनपाठन बन्द गरिएको अध्यक्ष लामाको भनाइ छ । पालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेपछि गाउँपालिकाभित्र कार्यरत शिक्षक आफ्नो घरतर्फ लागेका छन् । गाउँपालिकामा एक महिनासम्म विकास निर्माणका कामदेखि अन्य सरकारी सेवा प्रवाहका कामसमेत चिसोका कारण प्रभावित हुने बताइएको छ ।
विस्तारै चिसो कम भएपछि माघ १५ गतेपछि मात्रै गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी सेवाका काम नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । चिसो बढेपछि मुगुम कार्मारोङका माथिल्ला बस्ती मुगु, चितै, डोल्फु, किम्रीलगायतका बासिन्दा जाडो छल्न गाउँ नै खाली गरेर बेँसीतिर झर्न थालेका छन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया