महिला क्रिकेटमा एपिएफको छैटौँ जित

काठमाडौँ । प्रधानामन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बलको एपिएफ क्लबले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौँ जित दर्ता गराएको छ ।
प्रतियोगितामा ६ खेल खेलेको एपिएफले छ खेलमै जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२७ रनको योगफल बनायो ।
एपिएफका लागि ममता चौधरीले सर्वाधिक ४० रन बनाइन् । उनले ३३ बलमा ६ चौकाको मद्धतमा अविजित ४० रन बनाएकी हुन् । रोमा थापाले अविजित ३१ रन जोडिन भने सीता राना मगर १९, इन्दु बर्मा १० र ज्योति पाण्डेले ८ रन बनाइन् ।
गण्डकीका लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक २ विकेट लिइन् भने कुसुम गोदारले १ विकेट लिइन् । एपिएफले दिएको १२८ रनको लक्ष्य गण्डकी २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रनमा समेटियो । गण्डकीका लागि सृष्टि जैशी र सुमन खतिवडाले समान १७र१७ रन बनाए । त्यस्तै ज्योत्सनिका मरासिनीले १३ र सिर्जना पौडेलले ११ रन बनाए ।
एपिएफका लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् भने सोनु खड्काले २ र करुणा भण्डारीले १ विकेट लिइन् । यो हारसँगै गण्डकीको शीर्ष ४ मा रहेर प्लेअफ खेल्ने सम्भावना समाप्त भएको छ । प्लेअफमा एपिएफसँगै कोशी, सुदूरपश्चिम र बागमती प्रदेशले स्थान बनाएका छन् ।















ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया