शनिबार, चैत २१, २०८२

संस्कृति स्पोर्टस् सम्मान २०२३ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई

मेरोन्यूज २०८० पुष १२ गते २०:२०

काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान २०२३ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ ।

Advertisement
nepal life insurencenepal life insurence

मल्ल एसियन गेम २०२३ को उद्घाटन खेलमा मङ्गोलिया विरुद्ध टि२० इन्टरनेसनल क्रिकेटमा ३४ बल खेल्दै विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल भएका थिए ।

कुशल मल्ललाई उक्त अवार्ड स्कुलका चेयरपर्सन रञ्जित आचार्य र डाइरेक्टर दिप्ती आचार्यको उपस्थितीमा कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले हस्तान्तरण गर्नुभएको थियो । अवार्डको साथै मल्ललाई रू.१,०१,००० रकमको चेक पनि प्रदान गरिएको छ ।

त्यसै गरी सोही कार्यक्रममा सोनी पाख्रिनलाई रू. ५०,००० बराबरको ट्रेनिङ स्कलरशिप पनि प्रदान गरिएको छ । यो स्कलरशिप व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीहरू मध्य १ जना योग्य क्रिकेटरलाई प्रदान गरिन्छ । सोनी पाख्रिन हाल महिला राष्ट्रिय क्रिकेट टिममा आबद्घ हुनुहुन्छ । प्रशिक्षण पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरमार्फत प्रदान गरिन्छ ।

स्कुलका चेयरपर्सन रञ्जित आचार्यज्युले भन्नुभयो, “संस्कृति सदैव आफ्ना विद्यार्थीहरुको समग्र विकासमा ध्यान दिँदै सामाजिक विकासमा पनि योगदान गर्न प्रतिवद्ध रहेको छ । वार्षिक रुपमा प्रदान गरिने यस संस्कृति स्पोर्टस सम्मानमार्फत हामीले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्दै आफ्ना विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको बोध गराउने लक्ष्य राखेका छौँ । कुशल मल्ल र सोनी पाख्रिनलाई हार्दिक बधाई एवम् उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।”

प्रतिक्रिया