बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु
मेरोन्यूज
२०८० पुष १३ गते १४:१८

काठमाडौं। बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएपछि किस्ट अस्पतालमा लगिएका एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फारम भर्न नपाएको भन्दै आज केही युवाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो। घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।
यस्तै आगजनीमा संलग्न केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
सम्बन्धित
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया