भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिन आग्रह

जाजरकोट । नलगाड नगरपालिकाले गत कात्तिक १७ गते गएको भूकम्पबाट जनधनको क्षति बेहोरेका पीडितलाई दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन आग्रह गरेको छ ।
नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरेर भूकम्प पीडितलाई दुई प्रतिशत ब्याजमा रु ५० लाखसम्म ऋण दिन आग्रह गरिएको नगरप्रमुख डम्बर रावतले बताए । उनले भने, “विसं २०७२ को भूकम्पबाट प्रभावित नागरिकलाई नेपाल सरकारले जसरी दुई प्रतिशत ब्याजदरमा ऋण दिएको थियोे, त्यसरी नै नलगाड नगरपालिकाका भूकम्पबाट प्रभावित नागरिकहरुलाई पनि दुई प्रतिशत ब्याजदरमा रु ५० लाखसम्म ऋण दिनका लागि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक लाई पत्र पठाइएको छ ।”
यहाँका अधिकांश सर्वसाधारणका घर, पशुचौपाया तथा घरमा रहेका अन्य सामग्रीसमेत नष्ट भएकाले समस्या भोगिरहेको भन्दै अर्थ र राष्ट बैंकसँग यस्तो माग गरिएको उनले बताए । नलगाडमा मात्र भूकम्प प्रभावितको सङ्ख्या आठ हजार ९७ घर परिवार रहेको छ । भारत गएर कमाइ ल्याएको रकमबाट बर्सेनि दैनिक परिवार पाल्ने यहाँका बासिन्दाको भूकम्पबाट सबै गुमाउँदा परेको समस्या समाधान गर्न नगरपालिकाले दुई प्रतिशतमा ऋण मागेको हो ।
















निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
टिजर सार्वजनिक गर्दै सामसङले दियो नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत
लालीगुराँस र सत्य साइलाई उपाधि
इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१ प्रतिशत सेवा शुल्क लागू
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
प्रतिक्रिया