जगदिश स्मृति पुरस्कार निवन्धकार काफ्लेलाई

रामेछाप । जगदिश स्मृति सम्मान निवन्धकार माधव काफ्लेलाई प्रदान गरिएको छ ।
जगदिश घिमिरे प्रतिष्ठानले स्वर्गीय घिमिरेको १०औँ स्मृतिका अवसरमा आज यहाँ आयोजित साहित्यसभामा काफ्लेलाई रु ५१ हजार र प्रशंसापत्रले सम्मान गरिएको हो । सो अवसरमा मन्थलीस्थित माझी समुदायका जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष दुर्गा घिमिरेले बताए ।
सभा उद्घाटन गर्दै साहित्यकार एवम् प्राध्यापक तुलसी दिवसले घिमिरेको योगदानबारे चर्चा गरेका थिए । त्यस अवसरमा साहित्यकार नगेन्द्र राज शर्मा, आख्यानकार माधव काफ्ले, कवि उषा शेरचन, सात्यिकार हरिकृष्ण काफ्ले, साहित्यकार मनोज न्यौपाने, अश्विनि कोइराला, निबन्ध आचार्य, भवानी संग्रौला, दीपक घिमिरे, डा मोहन प्रसाई डा रेणु प्रसाईलगायतका कविले रचना वाचन गरेका थिए ।
सामाजसेवी एवम् साहित्यकार जगदिश घिमिरेको २०७० कात्तिक १४ गते ६८ वर्षको उमेरमा निधन भएको थियो । उनका लिलाम, साविति, सकस, अन्तरमनको यात्रालगायका कृति प्रकाशित छन् । अन्तरमनको यात्रा कृतिले मदन पुरस्कार प्राप्त गरेको थियो ।
सो अवसरमा अधिकांश साहित्यकारहरुले जगदिश घिमिरेले साहित्य क्षेत्रमा पु¥याउएको योगदानको चर्चा गरेका थिए । जगदिश घिमिरे प्रतिष्ठानले हरेक वर्ष पुसमा साहित्यिक सम्मेलन गर्दै आएको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया