शनिबार, चैत २८, २०८२

जगदिश स्मृति पुरस्कार निवन्धकार काफ्लेलाई

मेरोन्यूज २०८० पुष १४ गते १९:३०

रामेछाप । जगदिश स्मृति सम्मान निवन्धकार माधव काफ्लेलाई प्रदान गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जगदिश घिमिरे प्रतिष्ठानले स्वर्गीय घिमिरेको १०औँ स्मृतिका अवसरमा आज यहाँ आयोजित साहित्यसभामा काफ्लेलाई रु ५१ हजार र प्रशंसापत्रले सम्मान गरिएको हो । सो अवसरमा मन्थलीस्थित माझी समुदायका जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष दुर्गा घिमिरेले बताए ।

सभा उद्घाटन गर्दै साहित्यकार एवम् प्राध्यापक तुलसी दिवसले घिमिरेको योगदानबारे चर्चा गरेका थिए । त्यस अवसरमा साहित्यकार नगेन्द्र राज शर्मा, आख्यानकार माधव काफ्ले, कवि उषा शेरचन, सात्यिकार हरिकृष्ण काफ्ले, साहित्यकार मनोज न्यौपाने, अश्विनि कोइराला, निबन्ध आचार्य, भवानी संग्रौला, दीपक घिमिरे, डा मोहन प्रसाई डा रेणु प्रसाईलगायतका कविले रचना वाचन गरेका थिए ।

सामाजसेवी एवम् साहित्यकार जगदिश घिमिरेको २०७० कात्तिक १४ गते ६८ वर्षको उमेरमा निधन भएको थियो । उनका लिलाम, साविति, सकस, अन्तरमनको यात्रालगायका कृति प्रकाशित छन् । अन्तरमनको यात्रा कृतिले मदन पुरस्कार प्राप्त गरेको थियो ।

सो अवसरमा अधिकांश साहित्यकारहरुले जगदिश घिमिरेले साहित्य क्षेत्रमा पु¥याउएको योगदानको चर्चा गरेका थिए । जगदिश घिमिरे प्रतिष्ठानले हरेक वर्ष पुसमा साहित्यिक सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया