नेपाललाई १० वर्षभित्र एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ : नेता कार्की

लेखनाथ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इमान्दार भएर काम गरे नेपाललाई १० वर्षभित्र एसियाको समृद्ध मुलुक बनाउन सकिने धारणा राखेका छन् ।
नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशको दोस्रो प्रदेशस्तरीय मुस्लिम भेला तथा सम्मान कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उनले सरकारले अब कुरा भन्दा पनि जनताको हितमा काम गरेर देखाउनुपर्ने बताए । उनले जलस्रोत, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा लगानी बढाउन सके नेपाल सम्पन्न राष्ट्र बन्न समय नलाग्ने बताए ।
त्यस अवसरमा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्यालले राजनीतिक परिवर्तनका लागि हुने प्रत्येक आन्दोलनमा मुस्लिम समुदायको भूमिका उल्लेखनीय रहेकोे बताउँदै मुस्लिम समुदायका महिलालाई पनि राजनीतिक क्षेत्रमा अगाडि सार्नुपर्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति हाजी अब्दुल सतारले नेपाली कांग्रेसले मुस्लिम समुदायका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । साथै उनले संविधानले दिएको अधिकारसमेत मुस्लिम समुदायले उपयोग गर्नबाट वञ्चित भएको गुनासो उक्तः अवसरमा राखे । राज्यका हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड थियो ।
नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशका अध्यक्ष हाजशाह महम्मदको अध्यक्षातामा भएको उक्त भेलामा विसं २०७९ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने मुस्लिम समुदायका छात्रछात्रा र समितिमा योगदान पुर्याउने सदस्यलाई सम्मान गरिएको थियो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया