मेलम्ची स्वास्थ्य शिविरमा १ हजार ३ सय लाभान्वित

सिन्धुपाल्चोक । मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभाविन्त भएका छन् ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा भएको शिविरमा पेटसम्बन्धी रोग, पिनास, मधुमेह, पञ्चकर्म, भिडियो एक्सरे, छालासम्बन्धी रोग, फिजियोथेरापीसहितका सेवा र निःशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्धति भएको बताए । उनले आयुर्वेद पद्धतिबाट उपचार गर्दा ‘साइड इफेक्ट’ नहुने र यो उपचार पद्धति भरपर्दो भएको बताए ।
आयुर्वेद उपचार पद्धति हाम्रो मौलिक उपचार पद्धति भएको बताउँदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजनाअनुसार काम गरिरहेको उल्लेख गरे । उनले भने, “आयुर्वेदको विकास गर्नसके धेरै रोगबाट मुक्त हुन सकिन्छ ।”
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्धतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्व बुझ्न र बुझाउन नसक्दा समस्या भएको बताए । पेटसम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउँदै डा यादवले आयुर्वेद पद्धतिबाट हुने उपचारले पेटसम्बन्धी रोग निको हुने दाबी गरे ।
















बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया