बुधबार, माघ २८, २०८२

दुई समूहबीच झडप भएपछि बाँकेको नौबस्ता बालसुधार गृहमा तनाव

मेरोन्यूज २०८० पुष १६ गते ९:२५

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका-६ नौबस्तास्थित जयेन्दु बालसुधार गृहमा तनाव सिर्जना भएको छ । आइतबार दिउँसो दुई समूहबीच झडप भएपछि सुधार गृहको माहोल तनावग्रस्त बने पछि स्थिति नियन्त्रणमा लिने प्रयास जारी रहेकाे छ ।

हिजो दिउँसो तीन-चार बजेदेखि पुन तनाव सुरु भएको थियो । घटनामा केही व्यक्तिहरु सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार बालसुधार गृहमा राखिएकाहरु आफू-आफूमा लड्ने र सुधारगृह तोडफोड गर्ने गरेका छन् । स्थिति नियन्त्रणमा लिन सुधारगृहको सुरक्षाका लागि प्रहरीको सईको नेतृत्वमा २५ जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरी खटिएका छन्। उनीहरुले कसैलाई पनि सुधारगृह भित्र प्रवेश गर्न नदिएकाले भित्रको अवस्था विस्तृतमा थाहा हुन सकेको छैन ।

प्रहरीलाई सुधार गृहमा बल प्रयोग गर्ने अधिकार नभएकाले स्थिति नियन्त्रणमा आउन सकेको छैन 

घटनाबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको र छलफलबाट समस्या समाधान गरिने सुधार गृहका प्रमुख श्याम बहादुर रानाले जानकारी दिए।

प्रतिक्रिया