नौबस्ता बाल सुधारगृहका बालबन्दीबीच फेरि विवाद

जानकी (बाँके) । बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा सञ्चालित बालसुधार गृहमा बालबन्दीबीच फेरि विवाद सुरु भएको छ ।
डुडुवामा रहेको बालसुधार गृहबाट लगिएका १८ वर्षभन्दामाथिका बालबन्दीबीच शुक्ररबारदेखि विवाद सुरु भएको हो । तर अहिले अवस्था सामान्य रहेको उक्त बालसुधार गृहका प्रमुख श्याम रानाले बताए ।
बालसुधार गृहका प्रमुख रानाले भने, “डुडुवास्थित जयेन्दु बालसुधार गृहमा विसं २०८० असोज ४ गते तोडफोड र झगडा गरेका दुई समूह यस बालसुधार गृहमा राखिएका छन् । तिनै दुई समूहका बालबन्दीबीच उतिबेलाको विषयलाई लिएर झगडा भएको हो । अहिले अवस्था केही सामान्य बनेको छ ।”
डुडुवा गाउँपालिका–६ असमानपुरस्थित बालसुधार गृहमा गत असोज ४ गते राति बालबन्दीबीचमा भएको झडपमा परी एक बालबन्दीको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए । त्यसपछि उनीहरुलाई नौबस्ता क्षेत्रीय कारागार सारिएको थियो । तर उनीहरुले नौबस्ता कारागारबाट पनि बाल बिज्याइँ गर्न सुरु गरेको रानाको भनाइ छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नौबस्ता कारागारको बालसुधार गृहमा कुनै प्रकारको घटना नघटोस् भन्दै सुरक्षासमेत बढाइएको बताए । “अहिले अवस्था सामान्य छ । तर कुनै प्रकारको घटना नघटोस् भनेर सुरक्षा व्यवस्थालाई हामीले थप बलियो बनाएका छौँ”, प्रजिअ पोखरेलले भन्नुभयो, “एक समूहले बिहानदेखि खाना खाएका थिएनन् । उनीहरुलाई खाना खुवाउने सहमतिमा सुरक्षाकर्मीभित्र पसेका छन् । सोही क्रममा बालबन्दीको अवस्था बुझ्नेक्रम जारी छ ।”
नौबस्तामा क्षेत्रीय कारागार सञ्चालन गरिए पनि त्याहाँका चार वटा ब्लकमध्ये एउटा ब्लकमा बालसुधार गृह सञ्चालन गरिएको छ । क्षेत्रीय कारागार नौवस्तामा रहेको बालसुधार गृहमा हाल एक सय २६ जना बालबन्दी छन् । उक्त स्थानमा हाल पर्साबाट १५, हेटौँडाबाट १८, रूपन्देहीबाट १४ र बाँकेको आसमानपुर बालसुधार गृहबाट ७९ बालबन्दीलाई राखिएको छ ।
















गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया