शनिबार, वैशाख २६, २०८३

इलामको जौबारीमा मृत भेटियो पोथी रेडपान्डा

मेरोन्यूज २०८० पुष १७ गते ७:०८

मङ्गलवारे । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ ।

Advertisement
NiccNicc

स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो ।

सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका अनुसार सो रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता समिति, प्रहरी चौकी तथा स्थानीयको रोहवरमा शव परीक्षणका लागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको छ ।

जौबारी भारत नजिक पर्दछ । खुला सिमानाका कारण रेडपान्डाको तस्करी हुँदै आएको स्थानीय बताउँछन् । को सन्दकपुर गाउँपालिकाको जौबारी, जमुना, चोयाटारलगायत स्थानमा रेडपाण्डा पाइन्छन् ।

रेडपाण्डा संरक्षाणमा केही संस्था क्रियाशील रहे पनि लक्ष्यित उद्देश्य हासिल नभएको उनीहरूको गुनासो छ । केही समय अघि पनि यहा मृत अवस्थामा रेडपाण्डा फेला परेको थियो ।

प्रतिक्रिया