परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा आवेदन माग गरिएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदमा आवेदन माग गरेको हो ।
खुला प्रति‚पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले माघ २ गतेभित्र कार्यालय समयमा परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ । मन्त्रालयले अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक योग्यता तोकेको छ ।
प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र उच्च व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने समितिले जनाएको छ।
दरखास्त दस्तुर तीन हजार रहेको छ ।

















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया